भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

मुम्बई- बलिउड अभिनेत्री प्रीति जिन्टा अझै अविवाहित छिन्। तर, उनका ३४ सन्तान छन्। सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर, यो सत्य हो। उनले ३४ जना बालिकालाई धर्मसन्तानका रूपमा ग्रहण गरेकी छिन्।


'छ वर्षअघि ३४औँ जन्मदिनमा मैले ऋषिकेशमा रहेको मदर मिरेकल स्कूलमा पढ्ने ३४ बालिकालाई धर्मसन्तान बनाएँ,' पश्चिमी मुलुकमा गत साता मनाइएको मदर डेमा आयोजित एउटा कार्यक्रममा प्रिटीले भनिन्।

भारतजस्तो देशमा महिलालाई दोस्रो दर्जाका नागरिक मान्ने गरिएको उल्लेख गर्दै प्रीतिले आफ्ना धर्मसन्तानलाई योग्य बनाउने चाहना रहेको उल्लेख गरिन्। 'मेरा छोरीहरूलाई म समाजमा राम्रो स्थान दिलाउन चाहन्छु,' उनले भनिन्।


भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top