भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

काठमाडौं, जेष्ठ १५ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति डा. रामवरण यादवले विहीबार साँझ देशबासीको नाममा सम्बोधन गरेका छन् ।

उनले विपतको समयमा एकजुट भएजस्तै राष्ट्रिय एकता र समझदारी कायम राख्न दलहरुलाई सन्देश दिएका छन् ।

नयाँ संविधान र भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणको काम सँगसँगै गर्नुपर्ने राष्ट्रपति यादवको ठहर छ । शीतल निवासबाट सन्देश दिँदै यादवले संविधान निर्माणलाई पनि प्राथमिकता दिनु राम्रो हुने भन्दै दीर्घकालीन पुनःनिर्माण त्यसपछि मात्रै सुरु हुन सक्ने बताएका हुन् ।

उनले स्थानीय निकायको चुनाव कुनै पनि बहानामा टार्न नमिल्ने भन्दै स्थानीय निकायको चुनावलाई अपरिहार्य राष्ट्रिय आवश्यकता मानेर काम गर्नपनि आग्रह गरे ।

उनले अहिलेको अवस्थालाई नयाँ नेपालको नक्सा कोर्ने अवसरको रुपमा लिन सबै देशबासीहरुलाई आग्रह गर्दै पुनःनिर्माण कार्यको थालनी गर्दा ‘हामी नेपाली सक्षम छौं, हामी सक्छौं’ भन्ने संकल्पका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।

युवा देशका शक्ति भएकोले भूकम्पपछिको नेपालको प्रमुख जिम्मेवारी युवाहरुको काँधमा सुम्पन सकेको खन्डमा गणतन्त्र नेपाललाई छोटो समयमा नै समुन्नत राष्ट्रको रुपमा स्थापना गर्न सकिने विश्वास व्यक्त गरे ।

भोलिका दिनमा भौतिक निर्माण गर्दा भूकम्पलगायतका प्राकृतिक विपत्ति जस्ता पक्षलाई समेत ध्यानमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । - 

भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top