भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

१७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला त्रिदेशीय सीमामा पर्ने नेपाली भूभाग लिपु लेकलाई भारत र चीनको व्यापारिक नाकाका रूपमा विस्तार गर्ने समझौता भएपछि नेपाल सरकारले यसबारे दुवै सरकारसँग औपचारिक जानकारी माग गरेको छ।अन्नपूर्ण पोस्टमा खबर छ
भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणका क्रममा दुई साताअघि भारत र चीनबीच व्यापार बढाउन लिपु लेक पाससहित नाथुला र सिप्कि लासम्म सीमा नाका विस्तार गर्नेलगायत ४१ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो। लिपु लेक प्रयोगबारे पूर्वसहमतिअनुसार नेपाललाई कुनै जानकारी नदिइएको छ ।
‘भारत र चीनबीच कहाँसम्म र कसरी सीमा विस्तार हुने हो भन्नेबारे कूटनीतिक च्यानलबाट प्रारम्भिक रूपमा बुझ्ने काम भएको छ’, परराष्ट्र प्रवक्ता ताराप्रसाद पोख्रेलले शनिबार अन्नपूर्णसँग भने। उनका अनुसार उक्त सम्झौताबारे चासो दर्साउँदै परराष्ट्र मन्त्रालयले भारतको नयाँदिल्लीस्थित नेपाली दूतावास र चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत भारत र चीन सरकारसँग जानकारी मागेको छ।
४१ बुँदे सम्झौताको २८ औं नम्बरमा चीन र भारतबीच व्यापारिक गतिविधि बढाउन आवश्यक वार्ता गर्ने तथा सीमा नाका लिपु लेकसम्म विस्तार गर्ने उल्लेख छ। बुँदामा भारत र चीनका सीमा नाकाहरूलाई ‘ब्रिज’ का रूपमा परिणत गरी द्विपक्षीय विश्वास र सहकार्य प्रवद्र्धन गर्नेसमेत उल्लेख छ।अन्नपूर्ण पोस्टमा खबर छ ।

भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top