भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

झापा, १७ जेठ । झापा काँकडभिट्टाका एक जना होटल सञ्चालकले कामदार महिलाको शनिबार घाँटी  रेटेर हत्या गरेका छन् ।
काँकडभिट्टास्थित सिलोङ होटलका सञ्चालक २६ वर्षे विजय लामाले आफ्नै होटलमा काम गर्ने मजदुर बिर्तामोडकी २० वर्षीया मन्दिरा विकको घाँटी रेटेर हत्या गरेका हुन्।
भूकम्पले होटलको भवन चर्किएपछि विजयकी आमा माया लामा नजिकै डेरा लिएको घरमा सुत्न गएकी थिइन् । होटलमा विजय, मन्दिरा र अर्का कामदार कुमारतामाङ थिए । रातभरि जाँड खाएर बसेका उनीहरु एक अर्कामा झगडा गर्न शुरु गरे । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनीहरु मध्ये मन्दिराले विजयलाई मोबाइल, घडी पैसा चोरेको आरोप लगाएपछि आवेशमा आएर छुरीले घाँटी रेटेको बताइएको छ ।
बिहानको राति १ बजे छुरीले घाँटी रेटेर हत्या गरेपछि लामाले मन्दिराको शव ब्लाङकेटमा बेरेर होटलदेखि २ सय मिटर पश्चिम सडक छेउको नालामा फ्याँकेका थिए । विजय र कुमारले नालामा राखेपछि सडक छेउमा पार्किङ गरेर राखिएको जिपमा ठोक्किएका थिए ।
जिपमा ठोकिएका उनीहरु जिपको साइरन बज्न थालेपछि भागेको स्थानीयवासीले बताए । साइरन बजेपछि जिप धनी र गाउँले उठेर हेर्दा नजिकै नालामा घोप्टो पारेर महिला फ्याँकेको देखे । प्रहरीलाई खबर गरेपछि उनीहरुलाई ५ सय मिटर पश्चिम लुकिरहेको अवस्थामा गाउँले र प्रहरीले भेटेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top