भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

काठमाडौं, १८ जेठ । राजधानी काठमाडौंमा सुटकेसभित्र एक पुरुषको शव फेला परेको छ ।
महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वरले दिएको जानकारी अुनसार काठमाडौंको मनहरा र भक्तपुरको हनुमन्ते खोलामा सुटकेसभित्र पोको पारिएको अवस्थामा सोमबार बेबारिसे शव फेला परेको हो ।
हनुमन्ते खोलाको ढलमा मिसिएको ह्यूम पाइपभित्र सुटकेसमा पुरुषजस्तो देखिने शव भेटिएको महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वरका डिएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
खोलामा खानेपानीको पाइप बिस्तारका लागि सर्भे गर्न गएका उपत्यका खानेपानी कार्यालयका कर्मचारीले ह्यूम पाइपभित्र सुटेकस फेला पारेपछि प्रहरी प्रभाग नयाँ बानेश्वरमा जानकारी गराएका थिए ।
जानकारी पाउनासाथ डिएसपी कार्कीको नेतृत्वमा डाक्टसहित खटिएको टोलीले सुटकेसमा शव फेला पारेको थियो । डाक्टरले चेकजाँच गर्दा सुटकेटमा कुहिएको अवस्थामा पुरुष जस्तो देखिने शव फेला पारेको हो ।
डिएसपी कार्कीका अनुसार प्रहरी टोलीले पुरुषको जस्तो देखिने शवको टाउको शरीरबाट अलग भएको अवस्थामा पाएको थियो । शवलाई शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर पोष्टमार्टम सुरु गरिएको छ ।
हत्या गरेर त्यहाँ कस्ले फाल्यो ? भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनुभयो । घटनास्थल वरपर अहिले प्रहरीले तिव्र सोधपुछ गरिरहेको छ ।
-

भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top