भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस
![]() |
अवौधानिकरुपमा काम गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताइएको छ । मलेसियाको अध्यागमन विभागले केहडा राज्यको एक ग्लोब कम्पनीमा कार्यरत ती नेपाली कामदारलाई काम गरिरहेकै अवस्थामा सोमबारपक्राउ गरेको मलेसियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सो कम्पनीबाट ३२ नेपालीसहित बंगलादेशी, म्यानमार, इन्डोनेसिया, चिनियाँ र फ्रान्सेली गरी ५४ जना आप्रबासी कामदार पक्राउ परेका ती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मलेसिया सरकारले एक वर्षदेखि अवैधानिक कामदारविरुद्ध ‘मलेसिया छोड अभियान’ सञ्चालन गरेको छ ।
अवैधानिक रहेका विदेशी कामदारलाई मलेसियाकोे अध्यागमन कार्यालयमा गएर आत्मसम्र्पण गरी घर फर्कने मौका दिइएको छ । अवैधानिक कामदारले मलेसियाली सरकारले तोकेको जरिवाना तिरेर घर जान सक्ने प्रावधान छ ।
-
भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस
![]() |

Post a Comment