भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस
![]() |
युट्युबमा चलचित्र देखी गीत लगायतकै सबै किसिमा भिडियोहरु हेर्न पाइन्छ। यहाँ युट्युबमा सर्वाधिक हेरिएका ६ चलचित्र समावेश गरिएको छ।
युट्युबमा सर्वाधिक हेरिने चलचित्रको सुचिमा पहिलो नम्वरमा परेको छ बोल्ड चलचित्र एटिएम। सिनेमा हलमा यो चलचित्रलै खासै सफलता हासिल नगरे पनि युट्युबमा यसले तहल्का मच्चाएको छ। एक वर्ष अगाडी अपलोड गरिएको यो चलचित्रलाई २९ लाख ५४ हजार भन्दा बढिले हेरिसकेका छन्। यादव सिल्वालले निर्देशन गरेको यो चलचित्रमा सविन कार्की, सोनिया शर्मा, जिया केसी, खुश्वु खड्का र दिनेश थापा लगायतले अभिनय गरेका छन्।
युट्युबमा सर्वाधिक हेरिएको दोस्रो नम्वरमा छोटो चलचित्र रात परेको छ। करिब ३७ मिनेटको यो चलचित्रलाई २८ लाख ७९ हजार भन्दा बढिले हेरिसकेका छन्। नवल नेपालले निर्देशन गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन्। चलचित्रमा गजित विष्ट,जानुका ढकाल लगायतको अभिनय छ।
धेरै हेरिने तेस्रो नम्वरमा चलचित्र किन किन परेको छ। राजेश हमाल, करिश्मा मानन्धरले अभिनय गरेको यो चलचित्रलाई २२ लाख ४८ हजार भन्दा बढिले हेरेका छन्। यो चलचित्रलाई उकेश ढकालले निर्दैशन गरेका हुन्।
चौंथो सर्वाधिक हेरिने चलचित्रमा झोले परेको छ। यो चलचित्रलाई १९ लाख ९३ हजारले हेरेका छन् । दीपेन्द्र खनालले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई र प्रियंका कार्कीको जोडदार अभिनय हेर्न पाइन्छ।
ट्युबमा हेर्नेमा पाँचौ चलचित्रमा चलचित्र धुँवा यो नशा परेको छ। आर्यन सिग्दले र निशा अधिकारीले अभिनय गरेको यो चलचित्रलाई १४ लाख ९३ हजारले हेरेका छन्। चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्।
युट्युबमा सर्वाधिक हेरिएको सुचिमा छैठौं नम्वरमा नाई नभन्नु ल- २ छ। यो चलचित्रलाई १३ लाख ७४ हजार भन्दा बढिले हेरेका छन्।
बिकास आचार्यले निर्देशन गरेको यो चलचित्रमा अनुभव रेग्मी, सुयोगी भट्टराई,सुरज सिंह ठकुरी, प्रियंका कार्की लगाएतको अभिनय हेर्न पाइन्छ।
भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस
![]() |

Post a Comment