भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

आजकल बलिउडमा नायीकाहरु पनि पारिश्रमिक लिन कमजोर छैनन् । पुरुष कलाकारले डोमिनेटेड गर्दै आएको बलिउडमा नायीकाहरुले पनि विस्तारै पकड बनाउन थालेका छन् । त्यसको प्रत्यक्ष उदाहरण हो नायीकाहरुले चलचित्रमा काम गर्नेको लागी लिने पारिश्रमिक ।

विद्या बालनले डर्टी पिक्चरबाट शान्दार सफलता पाएपछि चलचित्र हिट हराउन नायीका पनि काफी हुने शिक्षा भने बलिउडलाइ राम्रै संग मिलेको छ। त्यसयता धेरै बलिउड नायीकाले आफ्नो पारिश्रमिक बढाएका छन् ।

यहाँ बलिउडमा धेरै पारिश्रमिक लिने १० नायीकाहरु प्रस्ततु गरिएको छ।

सर्वाधिक कमाई गर्ने १० नायीकाहरु निकै बोल्ड मानिन्छन् भने सवैले सेक्सी नायीकाको छवि बनाएका छन् ।

हेरौ सर्वाधिक कमाउने १० बलिउड नायीका….

अनुष्का शर्माः अनुष्काले एउटा चलचित्रमा काम गर्न १ करोड २५ लाख भारु लिने गरकी छिन् ।

सोनाक्षी सिन्हाः सोनाक्षिले प्रति चलचित्र १ करोड ५० लाख भारु लिने गरेकी छिन् ।

सोनम कपुरः सोनम कपुरले पनि एउटा चलचित्रमा काम गर्ने १ करोड ५० लाख भारु लिने गरकी छिन् ।

विद्या बालनः नायीका विद्याले एउटा चलचित्रमा काम गर्ने ३ करोड भारु सम्म लिने गरेकी छिन् ।

दीपिका पादुकोनः दीपिका पादुकोनले हालसम्म प्रति चलचित्र ३ करोड भारु लिने गरेको भएपनि पछिल्लो सफलताले गर्दा उनले आफ्नो पारिश्रमिक बढाउने अनुमान छ ।

बिपासा बासुः निकै बोल्ड मानिने नायीका बिपासाले पनि एक चलचित्रको लागी ३ करोड पारिश्रमिक लिने गरेकी छिन् ।

क्याट्रिना कैफः क्याट्रिनाले पारिश्रमिकको रुपमा ५ करोड भारु लिने गरेकी छिन् ।

एश्वर्य रायः ऐश्वर्य रायले निकै महंगी नायीका मानिन्छिन् ,उनले एउटा चलचित्रको लागी ६ करोड लिने गरेकी छिन् ।

करिना कपुरः करिनाले चलचित्रको लागी घटिमा पनि ८ करोड भारु लिने गरेकी छिन् ।

प्रियंका चोपराः चलचित्र जञ्जिरको लागी ९ करोड भारु पारिश्रमिक लिएर प्रियंका चोपराले आफूलाई सवै भन्दा महंगी नायीकाको रुपमा स्थापति गरेकी छिन् ।

भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top