भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

काठमाडौं– १२ बैशाखको महाभूकम्पको परकम्पन जाने क्रम रोकिएको छैन । बुधबार एक घन्टाकाेबीचमा तीनवटा परकम्पन गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार एक बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ दशमलव ५ रेक्टरस्केलको परकम्पन थियाे भने १ बजेर १६ मिनेटजाँदा सिन्धुपाल्चाेकलाई नै केन्द्र बनाएर  ४  दशमलव ६ रेक्टरस्केलकाे परकम्पन गएको  केन्द्रले जनाएको छ।

पराकम्पनको धक्कासँगै मानिस खुला ठाउँतर्फ गएका छन् । केन्द्रका अनुसार बुधबार नै १२ बजेर ३ मिनेट जाँदा दोलखालाई केन्द्र बनाएर ४ दशमलव २ रेक्टरस्केलको परकम्पन भएको थियो । मंगलबार पनि तीन वटा परकम्पन भएका थिए ।

मंगलबार राति दश बजेर ५२ मिनेटमा रसुवा केन्द्रविन्दु भएको परकम्पन गएको थियो भने मंगलबार नै साँझ ८ बजे ४ दशमलव ३ ललितपुर र काभ्रे केन्द्र बनाएर परकम्पन गएको थियो भने ६ बजेर ३९ मिनेटमा ४ दशमलव १ रेक्टरस्केलको दोलखा केन्द्र बनाएर परकम्पन भएको केन्द्रले जनाएको छ


भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top